नारायणीमा नयाँ पुलको काम सुरु
शनिबार, पुस १४, २०८०
बालकुमारी घटना : मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
शनिबार, पुस १४, २०८०
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।
रत्ननगर महोत्सव पुस २६ गतेदेखि
शुक्रबार, पुस १३, २०८०
रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।
कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था
शुक्रबार, पुस १३, २०८०
फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् ।
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
शुक्रबार, पुस १३, २०८०
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो ।
अपडेट : इपीएस कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइते भएका दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा
शुक्रबार, पुस १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुअघि मुख्यमन्त्रीहरू एकठाउँमा भेला भएका छन्
ईपीएस कार्यालयअगाडि गरिएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइेत भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ?
शुक्रबार, पुस १३, २०८०
१४ र २७ टनका दुई वटा शिला अयोध्या लगिएको थियो । त्यसमध्ये १४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको बाट मूर्ति बनाउने भनिएको थियो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार ती शिलाबाट राममूर्ति बनेनन् ।
बक्यौता तिर्न अटेर गर्ने उद्योगलाई कुलमानको चेतावनी : तिर्नैपर्छ, छुट हुँदैन
बिहीबार, पुस १२, २०८०
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने प्राधिकरणले स्पष्ट पारेको छ ।
नेपाल सुपर लिग : ललितपुर फाइनलमा
बिहीबार, पुस १२, २०८०
दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट
बिहीबार, पुस १२, २०८०
चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा र माडी नगरपालिका तेस्रा भए ।
इन्टरपोलको रेडकर्नर सूचीमा कति छन् नेपाली ?
बिहीबार, पुस १२, २०८०
विश्वभरबाट ६ हजार ८ सय ४७ जनाको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा रहेकोमा नेपालका १५ जनाको नाम रहेको हो ।


