Mero Chitwan
बसले ठक्कर दिँदा  पैदलयात्रुको मृत्यु

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । 

माघे संक्रान्तिको दिन बिहान पौने नौ बजे जयपतेबाट रिडितर्फ जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदलयात्रु ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो ।

सोही ठाउँका बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update