Mero Chitwan
स्वास्थ्य बिमा : आजदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार आज (माघ १ गते)देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागू भएको छ। बिमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ। 

अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा १० प्रतिशत सह-भुक्तानीको व्यवस्था लागु हुनेछ।

तर, नेपाल सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरु जस्तैः आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोगको निदान तथा उपचार, कुष्ठरोगको निदान तथा उपचार, औलो रोगको निदान तथा उपचार, कालाजार रोगको निदान तथा उपचार, हात्तीपाइले रोगको निदान तथा उपचार तथा नेपाल सरकारले निःशुल्क निदान तथा उपचार गर्ने भनेर तोकेका विभिन्न सरुवा रोगहरुमा सह-भुक्तानीको व्यवस्था लागू हुनेछैन।

419218332_767286832103706_1766532411071316770_n-1705316302.jpg

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update