अपडेट : त्रिशुलीमा खसेको गाडीका चालक सकुशल
मंगलबार, माघ २, २०८०

स्कुलमा बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास विस्फोट हुँदा एक जना घाइते
मंगलबार, माघ २, २०८०
बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन्

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक बढ्दै
मंगलबार, माघ २, २०८०
वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ

अपडेट : त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन्
मंगलबार, माघ २, २०८०
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रुलाई फेला नपारेको हो ।

त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी
मंगलबार, माघ २, २०८०
नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ भने सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार प्रयास गरिरहेको छ । गाडी आज बिहान ४ बजे खसेको हो ।

देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको
सोमबार, माघ १, २०८०
तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजनले माघे संक्रान्तिको मेला भरेका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि उनको भनाइ छ ।

अपडेट : टुँडिखेलमा भीडले च्यापिएर १६ जना घाइते
सोमबार, माघ १, २०८०
माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

इनारमा खसेकी महिलाको जीवितै उद्धार
सोमबार, माघ १, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन्

गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम
सोमबार, माघ १, २०८०
आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कोरोना सङ्क्रमित भेटिएपछि वीरगञ्जको नाकामा बढाइयो निगरानी
सोमबार, माघ १, २०८०
कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ

स्वास्थ्य बिमा : आजदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने
सोमबार, माघ १, २०८०
स्वास्थ्य बिमा बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार आज (माघ १ गते)देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागु भएको छ

२०२४ का डिभी विजेताले अहिलेसम्म कतिले पाए भिसा?
सोमबार, माघ १, २०८०
डिभी २०२४ का नेपाली विजेताको केस नम्बर मार्चका लागि थपिएको छ । अब मार्चमा ५ हजारसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् । जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका लागि भिसा सिमित गरिएको छ भने यो नम्बर फेब्रुअरीका लागि ४५ सय रहेको छ

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
सोमबार, माघ १, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ