Mero Chitwan
नयाँ गठबन्धन बन्ने भएपछि दलहरुको ‘म्याराथन' बैठक

काठमाडौं–नयाँ गठबन्धन बन्ने भएपछि राजनीतिक दलहरुको दौडधूप बढेको छ ।

केपी ओलीनिवास बालकोटमा बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केही बेरअघि सकिएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालील गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको  बताए । प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि नेकपा माओवादी केन्द्रको बैठक जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पनि आजै बिहान बसेको थियो, बैठकले नयाँ गठबन्धन, सत्ता समीकरणसहितका विषयमा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

यस्तै, कांग्रेसले पनि आकस्मिक रुपमा पदाधिकारीको बैठक बोलाएको छ भने जसपाको बैठक पनि जारी छ। नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनमा पनि सहभागी हुने संकेत देखाएको छ । उन्मुक्तिका रेशम चौधरीले सामाजिक सन्जालमा वर्तमान गठबन्धन भत्कने पक्का भनी लेखेका छन् । यस्तै, सीके राउत पनि नयाँ गठबन्धनमा सहभागी छन् । 

सम्बन्धित समाचार

राजनीतिमा नयाँ ट्वीस्ट : एमाले, जसपा र स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बन्ने, कांग्रेस आउट !

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update