Mero Chitwan
अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस

 कोभिड संक्रमण अझै फाट्टफुट्ट रूपमा देखिइरहेका छन् । कोभिड संक्रमणको लामो समयपछि पनि मानिसमा स्वास्थ्य समस्या देखिएको छ । नेचर इम्युनोलोजी जर्नलमा हालै प्रकाशित एक अध्ययनका अनुसार यसको प्रभाव फोक्सोमा कोरोना संक्रमणपछि दुई वर्षसम्म पनि रहन सक्छ। 

अध्ययनकर्ताका अनुसार एक पटक कोरोना संक्रमण भएमा लामो समयपछि पनि शरीरमा यसको प्रभाव देख्न सकिन्छ। यो संक्रमण फोक्सोमा कम्तीमा १८ महिनासम्म रहन सक्छ। इन्स्टिच्युट पोस्ट्युर तथा फ्रेन्च पब्लिक रिसर्च इन्स्टिच्युट र एटोमिक इनर्जी कमिसनले गरेको अध्ययनमा कोरोना संक्रमित केही जनावरको नमूना लिइएको थियो ।

कोभिड संक्रमणबाट निको भएर पनि यसको प्रभाव फोक्सोमा देख्न सकिन्छ। कहिलेकाहीँ बिरामीमा निमोनियाको लक्षण पनि देखा पर्न सक्छ, अनि कहिलेकाहीँ सास फेर्न गाह्रो हुन सक्छ। यस्तो अवस्थामा कहिलेकाहीँ बिरामीले अक्सिजनको स्तर कम भएको जस्तो महसुस गर्न सक्छन्। यति मात्र होइन, यस्तो अवस्थामा छाती दुख्ने वा थकान महसुस हुन सक्छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update