Mero Chitwan
चितवनबाट  हराएका बालक हेटौंडामा भेटिए

चितवन : विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका चितवनबाट बालक निकेश बराल हेटौंडामा भेटिएका छन्।

उनी हेटौंडा बसपार्कमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए। 

मूल घर पोखरा महानगरपालिका–१३ रहेका बराल गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर पढ्दै आएका थिए।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update