Mero Chitwan
शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो - अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस्

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले शालिन पोखरेलको मृत्युबारे भइरहेको अनुसन्धानको वैज्ञानिक परीक्षण प्रतिवेदन हालसम्म प्राप्त नभएको जनाउँदै अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ । 

चितवन प्रहरीद्वारा आज जारी विज्ञप्तिमा सामाजिक सन्जालमा अफवाह फैलिइरहेको भन्दै अनुसन्धानमा प्रभाव हुने गरी विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको हो । प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि थप जानकारी दिने जनाएको छ । 

बालिका शालिनलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भइरहेको छ । बालिकाका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै शालिनलाई अर्को निर्मला पन्त बन्न नदिन आग्रह गरेका छन् । 

FB_IMG_1709379365466-1709383919.jpg

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update