Mero Chitwan
गजल : केही हुन सक्छ

तिम्रो मेरो वार्तालापले केही हुन सक्छ
कि त उसकै ‌औंठाछापले केही हुन सक्छ !

समय मिलेको छ, सावधान हुनलाई
चोरहरुको हानाथापले केही हुन सक्छ !

मुस्कानको छ रक्तचाप नसा-नसाभित्र
खुसीभन्दा सन्तापले केही हुन सक्छ !

लिएको आफ्नाले छ कस्को चिन्ता यहाँ
पराइकै फलिफापले केही हुन सक्छ !

वाग्मती ११, कर्मैया, सर्लाही 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update