Mero Chitwan
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी

महेन्द्रनगर–सालिक पुनःस्थापना गर्ने विषयमा राजनीतिक दलबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि एक साताको निषेधाज्ञा जारी गरेको छ ।

महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले उक्त क्षेत्रमा आज विहानदेखि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो । 

राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि त्यसको विरोध र पक्षमा आन्दोलन चर्किने देखिएछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update