Mero Chitwan
'म्याकुरी' लाई कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं : सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। बुधबार उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो। 

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो।

केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ। उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update