Mero Chitwan
भीपीएन प्रयोग गरेर टिकटक चलाउँदा कति सुरक्षित ?

काठमाडौं । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि इन्टरनेटमा उपलब्ध विभिन्न विकल्प प्रयोग गरी टिकटक चलाउने प्रवृत्ति बढेको छ । यसरी टिकटक चलाउनले अवैध र अनधिकृत भीपीएनको प्रयोग गर्ने गरेको पाइएको छ । यदि तपाई पनि भीपीएनको प्रयोग गरी टिकटक चलाइ रहनु भएको छ वा चलाउने सोचमा हुनुहुन्छ भने सचेत हुनुहोला । यसबाट तपाईंका व्यक्तिगत सूचना र बैंकिङ विवरण चुहिन सक्ने खतरा छ ।

नेपाल सरकारले टिकटक एप चल्न नदिने निर्णय गरेपछि नेपालमा यो प्रतिबन्धित छ । तर भर्चुअल प्राइभेट नेटवर्क भनिने भीपिएनको प्रयोग गरेर टिकटक चलाउने प्रवृत्ति बढेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । फ्री भीपीएनको प्रयोगले साइबर अपराधका घटना भएको भन्दै केही उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा परिसकेको छ । बैंकिङ ठगीका ती घटना फ्री भीपीएनबाटै भएको हो वा होइन त्यो निर्क्योल हुन भने बाँकी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update