Mero Chitwan
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ

काठमाडौं : अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्। 

उनले अमेरिकामै व्यवसाय गर्ने बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्। छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छिन्।

बच्चा जन्मिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले लेखेकी छिन्, 'हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ।'

rekha-1708704328.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update