Mero Chitwan
खुलेको २८ वर्षपछि बन्द हुँदै  गोपीकृष्ण सिनेमा हल

काठमाडौं- काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल २८ वर्षपछि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज प्रालि २०८० फागुन १ गतेदेखि बन्द गर्ने गोपीकृष्णका प्रबन्ध निर्देशक निरक पौडेलले जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै पौडेलले कोरोनाको संक्रमणकालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण ठूलो आर्थिक घाटा व्यहोरेको र राज्यको विद्यमान कर प्रणलीले हल सञ्चालन गर्नै नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

उनले आजसम्म सबैबाट प्राप्त सहयोग, सद्‍भाव तथा आत्मियताका लागि दर्शक, चलचित्र निर्माता, वितरक, प्रदर्शक तथा चलचित्र क्षेत्रका सबै संघ-संस्था, सरकारी निकायप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

gopikrishna-1707536720.jpg

 

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update