हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गएराति ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पानीस्वारा भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८० १०:३०
प्रतिक्रिया दिनुहोस्