Mero Chitwan
ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास

एजेन्सी–सुपरस्टार टेलर स्वीफ्ट ग्रामी अवार्ड्सको एल्बम अफ दि इयर (वर्षको उत्कृष्ट एल्बम) चार पटक जित्ने पहिलो कलाकार बनेकी छन् ।

मिडनाइट्स एल्बमका लागि यस वर्षको एल्बम अफ दि इयर अवार्ड जितेसँगै उनी यो विधामा लगातार चार पटक ग्रामी अवार्ड जित्ने पहिलो कलाकार बनेकी हुन् । यसअघि उनले स्टीभ वन्डर, पल सिमोन र फ्रान्क सिनात्रासँग यो अवार्ड जितेकी थिइन् । 

taylor-swift-1707153329.jpeg

यस्तै माइली साइरसले रेकर्ड अफ दि इयर, बिल्ली एलिसले सङ अफ दि इयर र बेस्ट न्यु आर्टिस्टको उपाधि भिक्टोरिया मोनेटले हात पारेका छन् । यस्तै, किलर माइकले र्‍याप विधाका तीन वटा उपाधि जिते । तर, अवार्ड लिएलगत्तै झगडामा उत्रिएका कारण उनलाई प्रहरीले हतकडी लगाएपछि उनको सफलता छायामा परेको बीबीसीले जनाएको छ । 

यस्तै बेस्ट पप सोलो पर्फमेन्स माइली साइरस, बेस्ट पप भोकल एल्बम टेलर स्वीफ्ट, बेस्ट आर एण्ड बी सङ एसजेडए स्नुजले जितेका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update