Mero Chitwan
इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं-नेपाली गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आजको एपिसोडमा उनी बाहिरिएको घोषणा  गरिएको हो ।

उनी उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । प्रतिस्पर्धाबाट बाहिरिएपछि  आफ्नो सामाजिक संजालमा लेख्दै उनले इण्डियन आइडलको यात्रा सकिए पनि जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताएकी छन्। उनले अब पहिलेभन्दा अझै सक्रियरुपमा गायन र प्रस्तुति दिने वाचा पनि गरेकी छन्। 

उनले इण्डियन आइडलको प्रस्तुतिका क्रममा जजहरुको उच्च प्रशंसा पाएकी थिइन् । सोही क्रममा उनले सालार चलचित्रमार्फत् बलिउडको प्लेब्याक सिंगिङमा डेब्यू पनि गरिसकेकी छन् भने अभिनयको अफर पनि पाएकी छन् । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update