Mero Chitwan
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
सांकेतिक तस्बिर

काठमाडौं– पश्चिम नवलपरासीको बर्दघाटमा  एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। नगरपालिका-१६ केराबारीस्थित चोरघोलनजिकै व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको हो । 

बर्दघाट नगरपालिका घर भएका उनी सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका थिए । उनको देब्रे पाखुरामा गोली लागेको छ भने धारिलो हतियारसमेत प्रहार गरिएको पाइएको छ। पसल बन्द गरेर फर्कदै  गर्दा लुटेरा आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइते विश्वकर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update