Mero Chitwan
त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डीआइजी चन्दले दिए राजीनामा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । 

विमानस्थलमा प्रहरीले सुरक्षा जाँच गरेको विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद भएको केही दिनमै डिआइजी चन्दले राजीनामा दिएका हुन् ।  चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् ।
राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।


 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update