Mero Chitwan
सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव सुरु

रत्ननगर : चितवनको सौराहामा सौराहा साउथ एशियन फिल्म फेस्टिभल सुुुरु भएकाे छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा बिहीबारदेखि फेस्टिभल आयाेजना गरेकाे हाे ।

रत्ननगर नगरपालिकाका प्रबक्ता कुलप्रसाद सापकाेटा प्रमख अतिथि रहेकाे उद्घाटन कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी नीर विक्रम शाह, नायक शिव श्रेष्ठ, जनबादी गायक जीवन शर्मा, बरिष्ठ निर्देशक प्रकाश सायमी, वडा नं ७ का वडाध्यक्ष सजना महताे लगायतकाे उपस्थिति थियाे । नेपाली चलचित्रको विकास र सौराहा सहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको चलचित्र महोत्सवको आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताए । 'समृद्धिको पूर्वाधार, पर्यटनको आधार’ भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको फिल्म फेस्टिबल आयोजना गरिएको उनले बताए । फेस्टिबलमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका स्टल हरु रहेका छन् ।

५० हजार दर्शकले अवलोकन गर्ने र एक करोड बढीकाे कारोवार हुने अनुमान र अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो फेस्टिबलमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीन वटा चलचित्रलाई अवार्ड प्रदान गरिने चलचित्र निर्माता संघका सचिव तथा महोत्सव मुल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए । साैराहालाई अन्तराष्ट्रिय स्तरकाे सुटिङ स्पाेटकाे रुपमा विकास गर्न सकिने उनकाे भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update