Mero Chitwan
भरतपुर महानगरले शुरु गर्‍यो सहकारीको अनुगमन

चितवन - भरतपुर महानगरपालिकाले सहकारीहरुको अनुगमन गर्न शुरु गरेको छ। आफ्नो क्षेत्राधिकार भित्र संचालनमा रहेका सहकारीहरुलाइ नियमन र नियन्त्रण गर्नका लागि महानगरपालिकाले अनुगमन शुरु गरेको हो ।

सहकारीहरूमा व्यापक मात्रमा अनियमितता भएको,दर्ता तथा नविकरण नभएको,शेयर सदस्यहरुलाइ सुचना नै नगरी साधारणसभा गर्ने गरेको,समयमा अडिट नगरेको जस्ता व्यापक गुनासोहरु आएको भन्दै महानगरपालिकाको सहकारी तथा रोजगार पबर्द्वन शाखाले बुधबारबाट अनुगमन कार्य कडाइका साथ शुरु गरेको हो।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update