मेरो चितवन
मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति

काठमाडौं : मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा अहिले मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत मीनबहादुर भट्टराई विरुद्ध मुद्दा चलाएको हो।

भट्टराईले भ्रष्टाचार गरी ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनले सेवा प्रवेशको मिति २०५४ साउन २६ गतेदेखि २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धान गर्दा उक्त रकम बराबबर अकुत सम्पत्ति कमाएको खुलेको हो। 

उक्त अवधिमा उनले ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ वैध अम्दानीबाट कमाएको देखिएको तर उनको मौजाद र खर्च विवरणको हिसाब गर्दा १० करोड २३ लाख ९२ हजार २८८ रुपैयाँ देखिएकाले उनले भ्रष्टाचार गरेर कमाएको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। 

भट्टराईले आफ्नी कान्छी श्रीमती झुना कुमारी कठेत समेतको नाममा जग्गा खरिद, सेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत समेत मागदाबी गरिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०