हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित

सिरहा : सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एक जना युवाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवार र आफन्तले बताएका छन् ।
उँखु लोड गरिएको ट्याक्टर लिएर सोमबार साँझ ९ बजे उनी उद्योगमा आएका थिए । काँटाका लागि ट्याक्टर लाइनमा हालेर उद्योग परिसरमै रहेको खुल्ला टहरोमा सुत्न गएका उनी मंगलबार बिहान मृत भेटिएका हुन् ।
उद्योगले बस्नका लागि प्रबन्ध नगरिदिँदा उनको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको भन्दै आफन्त र स्थानीयबासी आन्दोलित छन् । क्षतिपूर्ति पाउनुपर्ने र परिवारका एक जना सदस्यले रोजगार पाउनुपर्ने माग उनीहरूको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० १६:११
प्रतिक्रिया दिनुहोस्