Mero Chitwan
सीमा विवादलगायतका विषय कूटनीतिक च्यानलबाटै समाधान गरिन्छ : रवि लामिछाने

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने भारतसँगको सीमा विवादलगायतका विषय कूटनीतिक च्यानलबाटै समाधान गरिने बताएका छन् । 

भारतको ५ दिने औपचारिक भ्रमण सकेर फर्किने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कूटनीतिक विषय कूटनीतिक माध्यमबाटै समाधान हुने बताएका हुन् । 

सभापति लामिछानेले कुनै पनि विषय कूटनीतिक माध्यमबाट डिप्लोम्याटिक च्यानलहरूलाई एक्टिभ बनाएर समाधान गर्नु महत्त्वपूर्ण  हुने उल्लेख गर्दै ढोल नबजाइकन आफ्ना देशका बारेमा  गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले वार्ता गर्नुपर्ने बताउनुभयो ।  

पत्रकारितामै रहँदा सुगौली सन्धिपूर्वको 'ग्रेटर नेपाल' समेटिएको नक्सा स्टुडियोको पृष्ठभूमिमा राखेर कार्यक्रम चलाएको विषय पत्रकारले उठाउँदा उनको जवाफ थियो, 'एक्टिभिस्टले काम गर्ने कुरा उठाउने कुरा, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा बढी नागरिकले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय उस्तै हुँदैन । त्यसका फरक फरक जिम्मेवारी र त्यसका फरक-फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको कुनै महत्त्व हुँदैन ।' 

सभापति लामिछानेले नयाँदिल्लीमा भएका भेटवार्ताका विषय पारदर्शी रहेको पनि बताए । उनले यस पटक आफूहरूले विकास कूटनीतिलाई अगाडि सारेको पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update