Mero Chitwan
नेपालले पनि भारतको जग्गा मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिको चौतर्फी बिरोध

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले संसद् बाटै नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि चौतर्फी बिरोध भएको छ ।

प्रतिनिधिसभामा आज श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका हुन् ।

त्यसक्रममा उनले भने, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'

प्रधानमन्त्री शाहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिए । सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्रराष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । 

प्रधानमन्त्रीको यो अभिव्यक्तिको विपक्षी दल तथा कूटनीतिज्ञ लगायतले विरोध जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update