Mero Chitwan
बागलुङमा स्कूल भ्यान दुर्घटना, १ जनाको मृत्यु, २५ घाइते

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल भ्यान दुर्घटनामा घाइते २६ जनामध्ये एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अमन बोहोराको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्। तीमध्ये छ जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update