Mero Chitwan
बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएर काम गरिसक्नुभएका साहको मधुमेह र पिसाबको सङ्क्रमणका कारण आज निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा निधन भएको थियो । 

साहलाई अन्तिम बिदाइ गर्न अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल, बब्लु गुप्ता, पूर्वमन्त्री राजेन्द्र महतो, विभिन्न सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारी, चिकित्सक, परिवारजनलगायतको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति रहेको थियो ।

साहले आयुर्वेद विभागको समेत निर्देशक भएर काम गर्नुभएको थियो । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका मन्त्री महतोले मन्त्रालयका कर्मचारीमध्ये साह सरल र सोधो मानिसका रूपमा आफूले अनुभव गरेको सञ्चारकर्मीमाझ प्रतिक्रिया दिनुभयो । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update