Mero Chitwan
इच्छाकामना म्याराथनमा गोरखाका श्रेष्ठ प्रथम

भरतपुर-इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाको अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दुरी पार गरे। 

तनहुँका सनम गुरुङ दोस्रो भएका छन् । उनले एक घण्टा १७ मिनेट १५ सेकेण्डमा दुरी पार गरे । तेस्रो हुने गोरखाका दिनेशसिंह बोगटीले १७ मिनेट ४५ सकेण्ड र चौथो हुने तनहुँका प्रेम गुरुङले एक घण्टा ४२ सकेण्डमा दुरी पार गरे । 

महिलामा म्याराथनतर्फ देवी माया गुरुङ प्रथम र जमूना मगर दोस्रो भएका छन् । इच्छाकामनाका सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरेर आयोजना गरिएको म्याराथनमा श्याम चेपाङ प्रथम र विष्णु चेपाङ दोस्रो भएकाे संयोजक झलक गुरुङले जानकारी दिए । उनले इच्छाकामना मन्दिरको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक म्याराथन आयोजना गरिएको बताए । 

प्रतियोगितामा १५ देखि ६५ वर्ष उमेर समूहका एक सय ८ जना धावकले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने धावकले नगद २० हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले सात हजार र चौथो हुनेले पाँच हजार नगद प्राप्त गरे । 

 प्रतियोगितामा १०औँ सम्म हुने धावकलाई सान्त्वना पुरस्कारले सम्मान गरिएको थियो । महिलातर्फ प्रथम हुनेलाई ५५ सय दोस्रो हुनेलाई दुई हजार पाँच सय र चेपाङ समुदायतर्फ प्रथम हुनेलाई तीन हजार र दोस्रो हुनेलाई दुई हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update