रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते
चितवन । रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
आठविसकोट नगरपालिकाको स्यालाखदीबाट जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाटतर्फ जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली छन् । एक जनाको पहिचान खुल्न बाँकी छ ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले लगिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ २०:४३
प्रतिक्रिया दिनुहोस्


