चितवन । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र विपरीत दिशाबाट जाँदै गरेको बीएबी ५००८ नम्बरको कार अपरान्ह ५ बजे आपसमा ठक्कर खाँदा बसमा सवार चालकसहित ९ जना घाइते भएका हुन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा रत्ननगर–१० बस्ने बर्ष ३३ की पुजा सुबेदी रहेको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरु
१.बस चालक जिल्ला चितवन राप्ति न.पा.२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
२.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की, सामान्य ।
३.जिल्ला चितवन रत्ननगर न.पा. ७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महत्तो सामान्य।
४.ऐ.बस्ने निजको छोरा वर्ष ८ को रियान महतो । सामान्य ।
५.बसमा सवार जिल्ला गोर्खा गण्डकी गा.पा. ३ बस्ने बर्ष ३२ को भोजराज काप्री, सामान्य ।
६.बसमा सवार जि.चितवन भरतपुर म.न.पा.१२ बस्ने ३७ की शोभा आचार्य, सामान्य ।
७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
८.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य ।