गौशाला-२६ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय साइबर ब्यूरोले संखुवासभा प्रहरीको सहयोगमा एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीय केशरमान राई रहेको साइबर ब्यूरोले जनाएको छ । पक्राउ परेकाविरुद्ध सात दिनको म्याद समेत थप गरिएको जनाइएको छ । गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गरिएको भन्दै कारबाहीको माग गर्दै यसअघि साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०