Mero Chitwan
गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

चितवन। नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरीत दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक कावासोती वडा नं. ३ का दुलबहादुर सुनारको मृत्यु भएको हो । ट्रकमा सवार अर्का एक जनाको भने पहिचान हुन नसकेको  र घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update