उच्च अदालतको आदेशपछि धरौटीमा रिहा भए दुर्गा प्रसाईं

काठमाडौं– उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई रिहा गरेको हो ।
अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो । तीनकुने घटनासम्बन्धी मुद्दामा उनलाई साढे ३ लाख रुपैयाँ धरौटी मागिएको छ ।
प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि छोड्ने आदेश न्यायाधीशद्वयले गरेका छन् ।
तीनकुने घटनामा पक्राउ परेका मध्ये ७ जना हिरासतमै थिए । उनीहरुमध्ये प्रसाईंसहित ४ जनाले उच्चमा पुनरावेदन गरेका हुन् । बाँकी ३ जनाको तर्फबाट पुनरावेदन भएको छैन ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ २३:०३
प्रतिक्रिया दिनुहोस्