अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइनको काम सुरू

काठमाडौं । अमलेखगञ्ज-लोत्थर पेट्रोलियम पाइपलाइनको काम सुरू भएको छ ।
चितवनको राप्ती १ लोत्थरमा शनिबार कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल आयाल निगमका उपनिर्देशक एवं आयोजना प्रमुख प्रदीपकुमार यादवले आजबाट परियोजना अघि बढेको र यसले अमलेखगञ्जदेखि लोत्थरसम्म पाइप लाइन बिच्छ्याउने क्रममा जनतासँगै जोडिएको विषय भएको बताए ।
अहिले मोतीहारी अमलेखगञ्ज पाइपलाइन रहेको उनले बताए । उक्त परियोजनाको पाइपलाइन बिच्छ्याउने काम १५ महिनाभित्रै सम्पन्न गरेको उनकाे भनाइ छ । अमलेखगञ्ज-लोत्थरसम्म ५४ महिनामा पाइपलाइन बिच्छ्याउने काम सक्ने लक्ष्य लिइए पनि यो धेरै लागेको उनले बताए ।
उनले ५४ महिनाको काम तीन वर्षमा सक्नेगरी प्रयास गर्ने पनि बताए ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ २३:०७
प्रतिक्रिया दिनुहोस्