Mero Chitwan
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पार्टीबाट पक्राउ परेका १९ जनालाई सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

गएराति महाराजगञ्जस्थित एक होटलमा भएको पार्टीमा प्रहरीले छापा मारी ४७ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये २८ जनालाई प्रारम्भिक छानबिनपछि छाडिएको र बाँकी १९ जनामाथि अभद्र व्यवहारको आरोपमा अनुसन्धान आवश्यक देखिएको प्रहरीको भनाइ छ।

मध्यरातिको पार्टीमा होहल्ला र अवाञ्छित गतिविधि भएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका केही व्यक्ति होटलका सामान्य ग्राहक वा असंलग्न पनि भएकाले प्रारम्भिक स्क्रिनिङपछि उनीहरूलाई रिहा गरिएको प्रहरीको भनाइ छ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update