Mero Chitwan
चितवन मेडिकल कलेजको क्षेत्र विस्तार अभियान : हेटौंडामा सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा

हेटौँडा : मकवानपुरको हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । भरतपुरको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियानअन्तर्गत हेटौँडास्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।

‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा ल्याइएको कलेजका निर्देशक दयाराम लम्साललले जानकारी दिए । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापनसहित अस्पताल सञ्चालनमा ल्याएको हो । 

१५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने कलेजले जनाएको छ ।  गत भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज शुभारम्भ गरिएको हो ।

चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्जर नै गरेर सेवा विस्तार गर्ने योजना मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित भएको चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेले बताएका छन् । यहाँ दिइने चौबिसैघण्टा विशेषज्ञसहितको सेवाले जुनसुकै जटिल अप्रेशनदेखि जटिल प्रसुति सेवाका लागि चितवन तथा काठमाडौँ रिफर गर्नुपर्ने  बाध्यता हटेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update