Mero Chitwan
एलिनाले भनिन्- सत्य मेरो साथमा छ, अब म चुप बस्दिनँ

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो व्यक्तिगत जीवनका विषयमा उठेका प्रश्न र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीकाबीच चुप नबस्ने बताएकी छन् । 

सामाजिक सञ्जालमार्फत् उननले विगतमा आपसी समझदारीमा टुंगिएको विषयलाई समाज र सामाजिक सञ्जालको दबाबका कारण फेरि दोहोर्‍याएर आफ्नो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय भएको बताएकी छिन्।

एलिनाले भनेकी छन् -“म कानुनी प्रक्रियामा जान बाध्य भएँ। म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ। मैले मेरो विगत खोल्नुपर्‍यो—त्यो विगत जुन आज मेरो जीवनसँग सम्बन्धित छैन।”

उनले यस मुद्दामा कसैसँग व्यक्तिगत दुश्मनी नरहेको तर सत्य बोल्ने नारीलाई दोषी बनाउने र पीडितलाई कठघरामा उभ्याउने मानसिकतासँग लडिरहेको स्पष्ट पारिन्।

“जब मैले आफ्ना भोगाइहरू सुनाएँ, म माथि फेरि प्रश्न उठाइए—किन अहिले? किन फेरि? तर मलाई थाहा छ, यो देश अझै पनि पुरुषप्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ।” उनले भनिन्।

एलिनाले अब चुप नबस्ने भन्दै आफ्नो न्यायको लडाइँ हरेक नेपाली चेलीको आवाज भएको बताइन्। “अब यो केवल मेरो न्यायको लडाइँ होइन, हरेक नेपाली चेलीको आवाज हो। म कानुनी, सामाजिक र नैतिक बाटोबाट न्यायका लागि अगाडि बढ्नेछु। म एक्लो भए पनि, सत्य मेरो साथमा छ।” उनले जोड दिइन्।

पूर्वपति बिष्णु सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेखेलगत्तै एलिनाको पनि स्टाटस आएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update