बिपी राजमार्गमा साउनभर राति सवारी आवागमन बन्द

काठमाडौं। मनसुनका कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्ग अन्तर्गत काभ्रेभञ्ज्याङदेखि भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फको सडकमा सवारी आवागमन साउन महिनाभर राति बन्द हुने भएको छ।
काभ्रेपलाञ्चोकको सुरक्षा समितिको निर्णयअनुसार साउन १ गतेदेखि मसान्तसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनको आवतजावतमा रोक लगाइएको हो। यसअघि असार महिनामा पनि यस्तै प्रतिबन्ध दुईपटक लगाइएको थियो।
प्रशासनले यात्रुहरूलाई सावधानी अपनाउन र दिउँसो मात्र यात्रा गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ २२:३६
प्रतिक्रिया दिनुहोस्