भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीया बालिकाको मृत्यु

चितवन। भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ ।
सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर-१० का बिकास मगरकी छोरी बर्ष ५ की अन्जना मगर खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार गरी सोही अस्पतालमा उपचार भई रहेको थियो ।
गम्भीर अवस्थाकी बालिकाको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १०:२३
प्रतिक्रिया दिनुहोस्