Mero Chitwan
घुस मोलमोलाई प्रकरणका आरोपी मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस मोलमोलाई प्रकरणका आरोपी सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

गुप्ताले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् ।

'बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ ।
कहिलेकाहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु,' उनले भनेका छन् ।

प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गरेको पनि उनले बताएका छन्।

Screenshot_20250715-112502_Facebook-1752559011.jpg


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update