Mero Chitwan
सर्वोच्च अदालतद्वारा ५२ संवैधानिक नियुक्ति बहुमतले सदर

काठमाडौँ —सर्वोच्च अदालतको मध्यरातको फैसलाले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ ।

पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए ।

सरकारले अध्यादेशमार्फत कानुनमा संशोधन गरी संवैधानिक परिषद्‌को अभ्यासविपरीत बहुमतले निर्णय गरी २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्त गरेकी थिइन्।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update