बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो

जितपुर– बाराको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित जगदम्बा स्टिलको भट्टी पड्किएको छ । स्टिल उद्योगमा काम चलिरहेको बेला बुधवार राति भट्टी पड्किएको हो । भट्टी पड्केपछि त्यस क्षेत्रमा ठूलो आवाज सुनिएको छ ।
घटनामा केही मानिस घाइते भएको आशंका छ । बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले अहिले प्रहरी घटनास्थल पुगेको बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ २२:५८
प्रतिक्रिया दिनुहोस्