Mero Chitwan
सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा, सुविधा त्यागको पत्र गृह मन्त्रालयमा पेश गरेकी छन् । पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले बुधबार पत्र गृहसचिवलाई बुझाइएको जानकारी दिएका हुन् । 

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र  प्राप्त भएको जानकारी दिएका छन् । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सुरक्षा सुविधा भने यथावत रहने छ । 

आचार्यले भने, “पूर्व राष्ट्रपतिको हैसियतबाट पाउने आर्थिक लगायतका सबै सेवा, सुविधा नलिने भन्ने निवेदन आज प्राप्त भएको छ ।”

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update