Mero Chitwan
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १ देखि, ४० देशका ८८ चलचित्र छनोट

काठमाडौँ-नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ  । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले निफको यो संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए । 

निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताए । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो गरे । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update