Mero Chitwan
प्रधानमन्त्री ओली स्पेन प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जानका लागेका हुन् ।

स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ ।  संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ

कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा २१ जना सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमण अघि आजै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे संसद्लाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  २३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update