नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए

चितवन-२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा चितवनको भरतपुरस्थित नारायणी नमुना माविबाट ७ जनाले ४ जीपीए ल्याएका छन्।
नारायणीबाट ३ सय ६८ जनाले एसईई दिएकामा ७ जनाले ४ जिपिए ल्याएका हुन् ।
यस्तै २ सय ६५ जनाले ३.६ देखि ४, ८४ ले ३.२ देखि ३.६ जिपिए, १० जनाले २.८ देखि ३.२ जिपिए ल्याएको विद्यालयले जनाएको छ । यस्तै एक जना विद्यार्थी मात्रै ‘नन ग्रेडेड’ छन् । नारायणी माविले वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यालयमा ३६ सय विद्यार्थी अध्ययनरत छन ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ २३:०२
प्रतिक्रिया दिनुहोस्