
काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी बुझाएका छन्।
एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले आर्थिक दायित्व फरफारक गरेका हुन्।
अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाए। एमाले नेता कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउने गरेका छन्।
सांसदसहित पार्टीबाट लाभको पदमा नियुक्त भएकाहरुबाट एमालेले लेबी उठाउने गर्छ।
एमालेको सदस्यता शुल्क वार्षिक ३०० रुपैयाँ रहेको छ। जुन रकमका साथसाथै ओलीले लेबीबापत १२ महिनाको ३ लाख बुझाएका हुन्। ओलीले लेबी र सदस्यता शुल्क गरेर कुल ३ लाख ३०० रुपैयाँ बुझाएको एमालेले जनाएको छ।