Mero Chitwan
भिजिट भिसा प्रकरणको छानबिनका लागि मन्त्रिपरिषद्‍द्वारा समिति गठन

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिवसमेत रहेका वैरागीको नेतृत्वमा 'अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति' गठन गरेको हो । 

समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरू रहने व्यवस्था गरिएको एक मन्त्रीले जानकारी दिए । गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो । 

समितिलाई ३ महिनाको कार्यादेश दिइएको बताइएको छ । भिजिट भिसा प्रकरणको छानिबन गर्नेबारे सत्तारूढ दल र प्रमुख प्रतिपक्षबीच जेठ ३० मा दुई बुँदे सहमति भएको थियो । उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग माग गर्दै रास्वपा र राप्रपाले संसद्‌मा अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update