
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्धको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानमा साथ दिन आह्वान गरेका छन्। सहकारी ठगीमा हाल भैरहवा कारागारमा रहेका लामिछानेले गरेको १८ पृष्ठ लामो अपिल सचिवलायले सार्वजनिक गरेको हो ।
उनले सिंगो राज्यको दुरुपयोग गरेर आफूमाथि संगठित अपराध भइरहेको उल्लेख गर्दै यसको निर्णय जनताकै विवेकको अदालतमा होस् भनेका छन् ।
अपिलमा उनले भनेका छन्, ‘चरम अन्यायको शिकार भई थुनुवाको रुपमा रहेको मेरा भनाइले कसैलाई बिझाएछन् भने पनि ममाथि थप निर्मम हुने ठाउँ अब कति नै पो बाँकी होला र? ममाथिको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानमा साथ दिन आग्रह गर्दै यत्ति भन्छु, यिनीहरुले मलाई लगाएको हतकडी त बीउ हतकडी हो। यो फल्न, फुल्न र हुर्कन धेरै दिन लाग्ने छैन।’