Mero Chitwan
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवन : चितवनको राप्ती नगरपालिका-४ खहरेपुलमा यात्रुबाहक बस र माइक्रो बस आपसमा ठक्कर खाँदा ७ जनाको मृत्यु भएको छ ।

धनगढीबाट काँकडभिट्टातर्फ जादै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो बिहान सवा १० बजेतिर ठक्कर खाएको हो । मृत्यु हुनेमा मकवानपुर हटियाका सोमप्रसाद रुपाखेती र हेटौंडा-५ की मैंयाकुमारी न्यौपाने पहाडी छन् भने अन्यको सनाखत भएको छैन । ५ जनाको घटनास्थलमा र अन्य २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update